हरेक वर्ष, सेवा, जनगणनाका डाटाका आधारमा करोडौं डलरका संघीय कोषहरू अस्पताल, अग्नी विभाग, विद्यालय, सडक र अन्य स्रोतहरूमा खर्च गरिएको हुन्छ।
जनगणनाको डाटाले कंग्रेसमा हुने हरेक सिटको निर्धारण गर्छ र तिनीहरूलाई मतदानका जिल्लाहरूका सीमाहरू कोर्न प्रयोग गरिन्छन्।
जनगणना गर्ने कार्य संयुक्त राज्य अमेरिकाको संविधानद्वारा पनि आवश्यक छ: धारा 1 को उपधारा 2 मा संयुक्त राज्य अमेरिकाले हरेक दश वर्षमा आफ्नो जनगणना गर्छ भनिएको छ। पहिलो गणना सन् 1790 मा भएको थियो।
कानूनद्वारा जनगणना ब्यूरोले तपाईंका जवाफहरू सुरक्षित गर्न र तिनीहरूलाई कडा गोपनीयताका साथ राख्न आवश्यक पर्छ। वास्तवमा सबै कर्मचारी तपाईको व्यक्तिगत जानकारीलाई जीवनकालभर संरक्षण गर्न शपथ खाएका हुन्छन्।
यु. एस. संहिताको शीर्षक 13 मा, जनगणना ब्यूरोले तपाईं, तपाईंको घर वा तपाईंको व्यवसायलाई पहिचान गर्न सकिने कानकारी कसैलाई पनि अर्थात कानून प्रवर्तन निकायहरूलाई पनि खुलासा गर्न सक्दैनन्। कानूनले तपाईंको डाटा संरक्षित गरिन्छ र तपाईंका डाटालाई सरकारी निकाय वा अदालतद्वारा तपाईंका विरुद्ध प्रयोग गर्न सक्दैनन् भनी सुनिश्चित गरेको छ।
यो 2020 जनगणनाको सामान्य भाग हो। तपाईंले आफ्नो छिमेकमा निम्न केही भिन्न कारणहरूले गर्दा जनगणनामाकाम गर्ने कर्मचारीहरू देख्न सक्नुहुनेछ:
मे 2020 मा, सबैजनालाई गणना गरियो भन्ने सुनिश्चित गर्न 2020 जनगणनामा प्रतिक्रिया नजनाएका घरहरूमा जनगणना लिने व्यक्तिहरूले घरको भेटघाट सुर गर्नेछन्।
तपाईंले जनगणना ब्यूरोको समाचार र सुचनालाई आफ्ना साथी, परिवार र फेसबुक, ट्वीटर र इन्स्टाग्रामका पछ्याउने व्यक्तिहरूलाई साझा गरेर हामीलाई मद्दत गर्न सक्नुहुन्छ।
सयौं संस्था, गैर-नाफामूलक, नीति-निर्माता र व्यक्तिहरूले 2020 जनगणना जनगणनाको बारेमा र हामी यसमा सहभागी हुन किन आवश्यक छ भनेर जानकारी फैलाइरहेका छन्।
जनगणना ब्यूरोले समुदायहरूलाई संलग्न गराउनमा मद्दत गर्न 2020 जनगणना बारे शैक्षिक स्रोतहरू उपलब्ध गराउँछ।